वाफिया सहित चार आर्थिक विधेयक संसदमा पेश


काठमाडौँ,२२ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले वाफियासहित चार विधेयक संसदमामा पेश गरेका छन् । मन्त्री खतिवडाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा छलफलको सार्बजनिक ऋण ब्यबस्थापन विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेश गरेका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक अर्थात वाफियामा संचालकको उमेर हद, शैक्षिक योग्यता, सीइओको कार्यकाल लगायतका व्यवस्था समेटिएको छ । विधयेक संसदमा पेश भएसंगै अब यी विधयेक माथि प्रारम्भिक छलफल हुनेछ र विधयेक अर्थ समितिमा दफावार छलफलको लागि जाने छ । सांसदहरुले यसमा संसोधनको लागि प्रस्ताव गर्न सक्ने छन् । समितिले दफावार छलफल गरेर विधयेक पारित गरेपछि संसदको पूर्ण बैठकले विधयेक पारित गर्नु परी राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानुनको रुपमा लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्