वार्षिक बजेट २०७५/७६ प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा


काठमाडौ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक बजेट संसद मार्फत सार्वजनिक गरिरहेको छ । समृद्ध नेपाल, सुखी नेपाली मूल नारा दिएर अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहेका हुन । उनले बजेटमा मानवीय विकास सूचका‌क भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा, २ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने, स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड विनियोजन,सार्वजनिक सवारी साधनमा धुमपान निषेध,आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड,अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने,सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सुकको सेवा अनिवार्य,सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर, स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने बजेट भाषण मार्फत गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्