विकट गाउका बालबालिकाले दर्शाए कचहरीमा आफ्ना समस्या


काभ्रे, १८ जेठ । जिल्लाको रोशी गाउपालीकाका १ खहरेपांगुमा अध्ययन गर्ने बालकालिकाहरुले आफ्ना समस्याको कचहरी नाटक मनचन गरेका छन् । विद्यार्थीहरुले घर, परिवार र विद्यालयमा वेहोर्नु परेको समस्यालार्इ समेटर नाटक मनचन गरेका हुन् । बुधबार जनचेतना माविको चौरमा समुदायका प्रतिष्ठित व्यक्तिहरु संगै अभिभावकहरुलाइ समेत आफुहरुले पढ्न कै लागि वेहोर्नु परेको समस्याको विकल्प खोज्दै नाटक प्रस्तुत गरेका हुन् । घर, विद्यालय र ग्रामिण भेगमा रहेको समस्यालाइ समेटेर नाटक प्रस्तुत पछि, उनीहरुका वास्तविक समस्या यकिन गर्न सकिने शैक्षिक क्षेत्रमा सुधारका लागि क्रियाशिल ग्रामीण सामुदायिक सङ्गठन नेपालका कार्यक्रम प्रमुख श्रीकृष्ण थापाले बताए । विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा आगामी दिनमा क्रियाशिल भएर काम गर्ने युवा सँग नेपालका केन्द्रीय कोषाध्क्ष एव विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमित लामाले बताए । पूर्व सांसद रामहरी सुवेदीले शैक्षिक गुणस्तर विश्व वजारमा विक्ने र प्रतिस्पर्दा गर्ने जनशक्ति निमार्ण गर्ने खालको हुनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी एवं पनौती नगरपालीकाका प्रमखु भिम न्यौपानेले विद्यार्थीहरुका लागि शैक्षिक वातावरण राज्य र अभिभावक दुवै पक्षबाट बनाइनु पर्नेमा जिकिर गरे ।
विद्यार्थीहरुले तामाङ समुदायका बालबालिकाहरुले पढ्नकै लागि गर्नु पर्ने संघर्ष, विद्यालयमा बालिकाहरु महिनावारी हुदा विद्यालय नै छाड्नु पर्ने समस्या, शिक्षकहरुले गर्ने गैरजिम्मेवारी पुर्ण भुमिकाको बारेमा नाटक मार्फत आफ्ना समस्या दर्शाएका थिए । समस्या समधानका लागि उपस्थित व्यक्तिहरुबाट कचहरी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्