विकृति हटाऔं, क्रान्तिकारी संकल्पसहित अघि बढौंः नेपाल


Madhav-kumarकाठमाडौं, २१ वैशाख । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सबैखाले विकृति–विसंगतिको अन्त्य गरेर कम्युनिष्ट पार्टी क्रान्तिकारी संकल्प र लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्लमाक्र्स द्विशतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले माक्र्सवाद गतिशील दर्शन भएकाले परिवेश र सन्दर्भअनुसार प्रयोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘हिजो राजतन्त्रले देशभक्तिलाई पेठा ठान्थ्यो, कांग्रेसले प्रजातन्त्रको ठेकेदार ठान्थ्यो, हामीले सामाजिक न्यायको पक्षमा जोड दिन्थ्यौं, नेपालले भने,‘तर जब हामीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायको एजेण्डा बुलन्द ढंगले उठाउँदै अघि बढ्यौं, तब देशमा ठूलठूला परिवर्तनसँगै राजनीतिक उपलब्धिहरु हासिल भएका छन्, त्यसैले माक्र्सवादलाई समय सन्दर्भअनुसार प्रयोग गर्दै अघि बढ्नुपर्छ ’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्