विगतमा लोडसेडिङ गराउनेहरु नेतृत्व कमजोर बनाउने प्रयासमा छनः कुलमान घिसिङ


काठमाडौ, २६ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोडसेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्राधिकरणलाई कम्जोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु हो हुन ? भन्ने विषय आफूलाई थाहा भएको बताउनु भयो ।

घिसिङले आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत् ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको स्पष्टिकरण दिनुभयो । उहाँले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानविन गर्न सक्ने अधिकार सरकारलाई भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्