विजयकुमार गच्छदारजीले मोर्चासँग ‘गेटपास’ लिन जरुरी छैनः सर्वेन्द्रनाथ शुक्ल


२८ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्ड नेतृतवको सरकारमा सहभागी नगराउँन मधेसी मोर्चाको दबाब मुख्य कारक भएको भन्ने भनाई सत्य नभएको मोर्चाका नेताहरुले दाबी गरेका छन् ।

‘प्रचण्डजीको सरकारमा सहभागी हुन विजयकुमार गच्छदारजीले हामीसँग ‘गेटपास’ लिन जरुरी छैन,’ तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पहिलो न्युज डटकमसँग भने, ‘प्रचण्ड (प्रधानमन्त्री) र देउवा (कांग्रस सभापति) ले उहाँहरुलाई इन्ट्री दिनुभयो भने हाम्रो कुनै गुनासो हुने छैन ।’

शुक्लले मधेसी मोर्चा सरकारमा जाने संकेत गरेका छन् । ‘हामीले पूरै संविधान मान्दैनौ भनेका छैनौँ,’ उनले भने, ‘विभेदकारी धारा संशोधन भए हामी सरकारमा जान्छौँ ।’ कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड दुबैले मधेसी मोर्चाका माग सम्वोधन गर्ने संकेत गरेको भन्दै उनले माग सम्वोधन भए सरकारमा जाने दोहोर्याए । ‘

मधेस आन्दोलनमा गच्छदारले धोका दिएको भन्दै व्यक्तिगतरुपमा उनीप्रति गुनासो रहेपनि संस्थागत रुपमा भने गच्छदारलाई सरकारमै सहभागी गराउन नहुने निर्णय नभएको उनले बताए । ‘विजयजीले मधेस आन्दोलनलाई धोका दिएपछि हामीले निकालिदिएका हौँ,’ शुक्लले भने, ‘उहाँले धोका दिदाँ मधेस आन्दोलन केही कमजारे भयो । अहिले हामीले उठाएको मुद्धा र विचारको विजय भएको छ ।’

मधेस आन्दोलनका लागि भन्दा कुर्सीका लागि बढी केन्द्रित भएको पनि उनले आरोप लगाए । ‘पहिला केपी शर्मा ओली नेतृत्वको सरकारमा ८ बुँदे सहमति गरेर जानुभयो,’ शुल्लले भने, ‘नौ महिना सरकारमा रहँदा एक पटक पनि ८ बुँदेका बारेमा छलफल भएन । अहिले पनि उहाँ सरकारमा जान उचालिरहनु भएको छ ।’

आफूहरुले आन्दोलनबाट मात्र बहिस्कार गरेको भन्दै सरकारमा जाने–नजाने कुरामा आफूहरुको कुनै भूमिका नहुने बताए । ‘हामीले केही भनेका छैनौ,’ उनले भने, ‘देउवाजीहरुले नै उहाँलाई मन पराउनु भएको छैन ।’

विभेदकारी धारा संशोधन भएर सरकारमा जान्छौँ

शुक्लले मधेसी मोर्चा सरकारमा जाने संकेत गरेका छन् । ‘हामीले पूरै संविधान मान्दैनौ भनेका छैनौँ,’ उनले भने, ‘विभेदकारी धारा संशोधन भए हामी सरकारमा जान्छौँ ।’ कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड दुबैले मधेसी मोर्चाका माग सम्वोधन गर्ने संकेत गरेको भन्दै उनले माग सम्वोधन भए सरकारमा जाने दोहोर्याए । ‘तीन बुँदेको कुनै भर छैन, बेइमानी गर्ने हो भने त्यो तीन बुँदे पालना नगर्न कुनै शुक्रवार पर्खनु पर्दैन,’ उनले भने, ‘तर उहाँहरुले सार्वजनिक ठाउँमै विश्वास दिलाएकाले हामी आशावादी छौँ ।’

गच्छदार आए सहभागी गराउँछौँ

गच्छदारलाई अछूत नवनाएको भन्दै फेरि मधेस मुद्धालाई संस्थागत गर्न साथमा आए स्वीकार गर्ने बताए । ‘अहिले पनि हामीले उहाँलाई अछूत भनेका छैनौँ, आउनुभयो भने सहभागी गराउछौँ,’ शुक्लले भने ।

प्रतिक्रिया दिनुहोस्