विजयकुमार छाडेर सय बढी कार्यकर्ता उपेन्द्रको पार्टीमा 


777rv
जेठ २९ । केपी ओली नेतृत्वको सरकारमा सहभागी विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिकका पूर्व सभासद्सहित करिब एक सयले पार्टी परित्याग गरेका छन् । पूर्व सभासद् सबिता यादवसहित सयभन्दा बढी नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर पार्टी प्रवेश गराए । यादवसँगै लोकतान्त्रिककै जिल्ला सदस्य रामनारायण पौदार पनि समाजवादी फोरममा प्रवेश गरेको पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्