विज्ञानलाई चुनौतीः मानिसको मृत्यु सुँघेर पत्ता लगाउने यी युवतीको दावी


काठमाडौ । अस्ट्रेलियाकी एक युवतीले आफुसँग अरु कसैसँग नहुने खुवी भएको दावी गरेकी छिन । २४ वर्षीया अरी कला नाम गरेकी युवतीले को मानिस कतिवेला मर्छ भन्ने कुरा मानिसलाई सुघेँपछि पत्ता लगाउने बताएकी छिन । मानिसको गन्धबाट नै मानिस कहिले यो संसार छाडेर जान्छ भन्ने पत्ता लगाउने बताएपछि सबै आश्चर्यचकित भएका छन । उनका अनुसार सिक्स्थ सेन्सको बारेमा करिब १२ वर्षको हुँदा थाहा भएको थियो । जब उनी सो समयमा एक आफन्तलाई भेट्न पुगेकी थिइन, त्यतिवेला ति आफन्त मर्ने अवस्थामा पुगेको पत्ता लगाएको बताइन अरीका अनुसार उनलाई एक बिल्कुल नौलो गन्ध आएको महसुस भएको थियो । त्यसपछि अरीलाई अन्य केही मानिसहरुबाट पनि त्यस्तै गन्ध आएको महसुस भएको थियो ती मानिसहरु पनि केही दिनपछि नै वितेका थिए । यो सिक्स्थ सेन्स हुँदा समेत उनले कसैको पनि ज्यान बचाउन नसकेको र मेरो यो क्षमतालाई कसरी प्रयोग गरुँ भनेर मैले केही पनि सोच्न सकेकी छैन । मलाई को मर्दैछ भनेर थाहा हुन्छ तर उसलाई यो कुरा बताउदिन । मैले यो कुरा भने भने त्यसको परिणाम के हुन्छ अनि मानिसहरुले यसलाई कसरी लिन्छन मलाई थाहा छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्