विज्ञापन बोर्डमा पत्रकार बलराम थापा सहित पाँचजना नियुक्त


काठमाडौं, १५ मंसिर  । सञ्चार क्षेत्रको प्रभावशाली संस्था विज्ञापन बोर्डमा बरिष्ठ पत्रकार बलराम थापा सहित पाँचजना नियुक्त भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन, पत्रकारहरु शुभशंकर कँडेल, चन्द्र न्यौपाने र बन्दना दनुवार सहितलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उहाँहरु सबैलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्