विद्यार्थी संगठनद्वारा प्याव्सन र एनप्याव्सनका देशैभरका कार्यलयमा तालावन्दी


काठमाडौं, १९ बैशाख। निजी विद्यालयमा भएको चर्को शुल्कवृद्धि फिर्ता गर्न माग राख्दै संयुक्त विद्यार्थी संगठनले बुधवार प्याव्सन र एनप्याव्सनको देशैभरका कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन र एनप्याब्सन नै लागेकोले काठमाडौ सहित देशभरका प्याव्सन र एनप्याव्सनका कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले बताए । निजी विद्यालय सञ्चालकको संस्था प्याब्सन र एनप्याब्सन पदाधिकारीहरुनै विधालयको मनपरीलाई बढावा दिन लागिपरेको र उनीहरुकै स्कुलमा मनोमानी शुल्क लिएकाले प्याब्सन र एनप्याब्सनको कार्यलयका तालाबन्दी गर्न बाध्य भएको पनि उनले जानकारी दिए ।

कार्यबाहक अध्यक्ष बर्तौलाका अनुसार वैशाख २० गते शिक्षा विभागका महानिर्देशकको कार्यकक्ष र देशभरका जिल्ला शिक्षा कार्यालय रहेको संयन्त्रको कार्यालयमा तालाबन्दी गरिने, २१ देशभरका स्थानीय तहको अगाडी प्रदर्शन गर्दै सिठी फुक्ने र संयुक्त विद्यार्थी संगठनले उठाएका माग पूरा नभए २२ गते पुनः बैठकबसी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने छ

प्रतिक्रिया दिनुहोस्