विद्यालयमा अबदेखि नयाँ पाठ्यक्रम, कक्षा ११ र १२ मा जीवनउपयोगी शिक्षा


काठमाडौ, १८ जेठ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भएको बताएका छन । अबदेखि कक्षा ९ र १० मा पाँच विषय अनिवार्य हुने छन । दुई ऐच्छिक विषयमध्ये एउटा पेशा व्यावसायिक विषय हुने पोखरेलले जानकारी दिए ।  कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य रहने बताइएको छ । कक्षा ११ र १२ मा तीन विषय ऐच्छिक रहने छन। कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ।  यसैगरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका केन्द्रिय निकायहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना पनि स्वीकृत भएको छ । मन्त्रालयको संरचनामा ७ वटा महाशाखा रहेका छन। यी विषय पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्री परिषदवाट स्वीकृत भएको हो। कक्षा १ देखि ८ ( ५ देखि १२ बर्ष उमेर समूहका)  ३,१३,२८९ मध्ये २,५३,५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन। शिक्षाको अधिकार सम्बन्धी बिधयेक तर्जुमा गर्न मन्त्री परिषदबाट शैद्धान्तिक सहमति प्राप्त भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्