विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड जारी (फोटो फिचर)


काठमाडौ, २७ चैत । दोलखाको तामाकोशी गाउँपालिकामा विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सो प्रतियोगिता सुरु भएको हो । कार्यक्रम दोलखाका जिसस प्रमुख डबल पाण्डे र तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । भोलिसम्म चल्ने प्रतियोगिता छात्रछात्रा भलिबल, छात्रछात्रा सय मिटर, दुईसय मिटर, चारसय मिटर डौड र छात्र आठसय मिटर डौड हुनेछ । त्यसैगरि छात्रछात्रा हाइजम्प, लङजम र सटफुट समेत खेलाइने जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।

dolakha1 dolakha2 dolakha4

 

प्रतिक्रिया दिनुहोस्