विद्युतीय प्रणालीबाट स्ववियु निर्वाचन गराउन अनेरास्ववियुको माग (विज्ञप्तिसहित)


२१ पुस ।  अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्युतीय प्रणालीबाट मतदान गराउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी अनेरास्ववियुले यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलन गरी अनेरास्ववियुले निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्न पनि त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । त्रिवि सिनेटको बैठकले बुधवार फागुन १४ गते स्ववियु निर्वाचन गर्ने र उमेर हद २८ वर्ष कायम गर्ने निर्णय गरेपछि अनेरास्ववियुले पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा अखिल अध्यक्ष नविना लामाले फागुन १४ मा चुनाव गर्ने निर्णय भए पनि समय थोरै भएको भन्दै छिटो निर्वाचन तालिका सार्वजनिक गर्नु पर्नेमा जोड दिइन् ।ty

अनेरास्ववियु अध्यक्ष लामाले आफूहरु जुनसुकै बेला चुनाव भए पनि त्यसको तयारीमा रहेको भन्दै चुनाव सम्पन्न हुन नदिने षडयन्त्रलाई तोडेर अघि बढ्ने बताइन् । ‘निर्वाचन परिणाम आफ्नो पक्षमा नपर्ने डरले कतिपयले फेरि पनि फागुन १४ मा चुनाव हुन नदिने प्रयास गरिरहेका छन्,’ लामाले भनिन्, ‘अब त्यो नियती दोहोरिन दिनु हुँदैन ।’ सचिव आरसी लामिछानेले पनि अब निर्वाचन तोकिएकै समयमा हुने दाबी गरे । उनले कसैले रोकेर स्ववियु निर्वाचन नरोकिने पनि प्रष्ट पारे ।33388888

 

प्रतिक्रिया दिनुहोस्