विद्युत महसुल र खाद्यान्नमा छुट दिने सरकारको निर्णय


काठमाडौँ, १६ चैत ।सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो । यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्