विधानले छेकेपछि गच्छदारलाई वरिष्ठ नेता बनाउने तयारी, पदाधिकारीमा एक दर्जनको लविङ


काठमाडौं, १० वैशाख । कांग्रेस उपसभापति बन्ने विजय गच्छदारको सपनामा विधान बाधक बनेको छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी मनोनयन गर्ने कांग्रेस विधानको व्यबस्था गच्छदारका लागि बाधक बनेको हो ।
महासमिति बैठकबाट मात्र विधान संशोधन हुने भएकाले सभापति शेरबहादुर देउवाले गच्छदारलाई रामचन्द्र पौडेलपछिको तेस्रो वरियताको वरिष्ठ नेता बनाउने तयारी गरिरहेको उनी निकट एक नेताले बताए । ‘विधान बाधक देखिएकाले उहाँलाई देउवा दाईले आफूपछिको वरिष्ठ नेता बनाउने तयारी गरिरहनुभएको छ’ ती नेताले भने । गच्छदारलाई वरिष्ठ नेता बनाउने÷नबनाउने अन्तिम टुंगो भने पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिले टुंगो लगाउने तयारी गरेको छ ।

‘विधान बाधक देखिएकाले उहाँलाई देउवा दाईले आफूपछिको वरिष्ठ नेता बनाउने तयारी गरिरहनुभएको छ’ ती नेताले भने । गच्छदारलाई वरिष्ठ नेता बनाउने÷नबनाउने अन्तिम टुंगो भने पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिले टुंगो लगाउने तयारी गरेको छ । 

गच्छदारसहित १५ जना केन्द्रीय समितिमा सिफारिश
नेता गच्छदारले फोरम लोकतान्त्रिक नेपाललाई कांग्रेसमा विलय गराउँदाको शर्तअनुसार सभापति शेरबहादुर देउवासमक्ष आफूसहित १५ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्न सिफारिश गरेका छन् । सिफारिश नाम बाहिर आइसकेको छैन । तर, जारी केन्द्रीय समिति बैठकले गच्छदारसहित सिफारिश नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने÷नगर्ने निर्णय गर्ने बताइएको छ ।
उपसभापति र महामन्त्रीमा मारामार
यसैबीच नेता उपसभापतिमा गोपालमान श्रेष्ठ र विमलेन्द्र निधीले ईच्छा देखाएका छन् । गच्छदारलाई वरिष्ठ नेता बनाउँदा तराईमा एकछत्र पकड गुम्ने भयमा रहेका निधीले आफूलाई तत्काल मनोनित गर्न र उनलाई वरिष्ठ नेता बन्न नदिन देउवामाथि कडा दबाब सिर्जना गरिरहेका छन् । उता, श्रेष्ठले आफू दुई पटकभन्दा बढि उपसभापति भइसकेको भन्दै निर्विवाद रुपमा यस पटक पनि मर्यादाक्रममा एक नम्बरमा हुनेगरी मनोनित हुनुपर्ने माग गरिरहेका छन् । महाममन्त्रीमा पूर्णबहादुर खड्का, वालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्की लविङमा छन् । उनीहरुबाहेक एक दर्जन नेताहरु अहिले पदाधिकारी बन्ने दौडमा सामेल रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्