विधि र मान्यता स्थापित गर्न राजीनामा दिएको हूँ– सभापति शर्मा


 

 २८ साउन । सार्वजनिक लेखासमितिका सभापति जनार्दन शर्माले सभापति पद छोड्दा र आउँदा एउटा विधि र मान्यता स्थापित होस् भन्ने हेतुले आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिपक्षले नै समितिको नेतृत्व प्रदान गर्ने परम्परा रहेकाले नेतृत्व गर्न बाटो खुलोस् भने मान्यताका साथ आफूले राजीनामा दिएको बैठकमा उनले जानकारी दिए।

सभापति शर्माले पदबाट प्रस्तुत गर्नुभएको राजीनामा बैठकले अनुमोदन गरेको छ । सभापति शर्माले भने– राजनीतिक परिस्थिति फेरिएसँगै कामको जिम्मेवारी र भूमिका फरक हुने भएको हुँदा आफू सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको हुँ ।

समितिको सभापतिको जिम्मेवारीमा रहँदा राष्ट्रिय महत्वका राष्ट्रलाई ठूलो र दुरगामी प्रभाव राख्ने निर्णय गरेको बताउँदै उनले यो अवधिमा समितिले स्थापित गरेको विधि र निर्णयले राष्ट्रिय, अन्तर्राष्ट्रिय, जनसरोकार, विकास निर्माण र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

शर्माले जिम्मेवारी अत्यन्तै सन्तुलन, निष्पक्ष र प्रभावकारी भएको भनी सदस्यले उनलाई बधाईज्ञापन गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्