विनोद बाजुरालीको ‘ए परदेशी’तीज गित बजारमा


१९ साउन ।  साँगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल  म्यूजिक एरेन्जर तथा सर्जक विनोद बाजुरालीको यस वर्षको ‘ए परदेशी’तीज गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुभारम्भ डिजिटल म्यूजिक प्रालिको उत्पादन तथा प्रस्तुतिमा उक्त तीज गितको म्यूजिक भिडियो म्यूजिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त तीज गितमा विनोद बाजुराली र चर्चित गायिका देवी घर्ति मगरले स्वर भरेका छन ।

राजेन्द्र शाह (विपी) को उत्कृष्ठ शव्दमा तयार भएको सो गितको ऐरेन्ज र लय स्वमं बाजुरालीले नै गरेका हुन । विगत एकदशक देखि बाजुराली लोक साँगितिक संसारमा जमेका म्यूजिक एरेन्जर समेत हुन् ।

मिठो एरेन्ज गर्ने भएकाले बाजुराली कलाकारहरुको पहिलो रोजाईमा हुन् । उनले यस भन्दा अघाडि म्यूजिक ऐरेन्जरका क्षेत्रमा विभिन्न अवार्ड हरु हात पारेका छन् ।

सुदुरपश्चिमको महेन्द्रनगर स्थित भानु पार्टी प्यालेसमा छायांकन गरिएको सो तिज गीतको निर्देशन मासुम विष्टले गरेका छन् भने गीतलाई छायाकंन तथा सम्पादन सतिश सिन्हाले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्