विप्लबको बन्दमा आयोजक वेपत्ता, स्कुल–कलेज बन्द, यातायात आंशिक प्रभावित


२७ जेठ । नेत्रविक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपा (माओवादी) ले आह्वान गरेको बन्दमा राजधानीमा कहीँकतै बन्दकर्ता भेटिँदैनन् । डरले आफैँ बन्द भएका बाहेक चलेका सवारी साधनलाई कतै रोकावट छैन ।
पहिलो न्युज सम्वाददाताले पुगेका काठमाडौँ र ललितपुरका मुख्य चोक तथा सडकहरुमा कतै पनि बन्दकर्ता फेला परेनन् । ललितपुरका सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, कुपन्डोल कतै पनि बन्दकर्ता देखिएनन् ।
काठमाडौंमा आन्दोलनकारी जम्मा हुने कालीमाटी, रत्नपार्क, माइतीघर मण्डला, विजुलीबजार पुल, चावहिल, काटेश्वरतिर पनि आन्दोलनकारी छैनन् ।
विहानै कोटेश्वरमा यात्रु बनेर ट्याक्सी चढेर त्यही ट्याक्सी जलाएबाहेक अरु घटना भएका छैनन् । शैक्षिक संस्थाहरु भने सबै बन्द छन् । विद्यालयहरुले विद्यार्थी र अभिभावकहरुलाई हिजैदेखि आज बन्द हुने सूचना दिएका थिए । कलेजहरु पनि बन्द नै छन् ।

काठमाडौंमा आन्दोलनकारी जम्मा हुने कालीमाटी, रत्नपार्क, माइतीघर मण्डला, विजुलीबजार पुल, चावहिल, काटेश्वरतिर पनि आन्दोलनकारी छैनन् ।

सार्वजनिक यातायातका साधन फाट्टफुट्ट चलेका छन् भने निजी सवारी साधनहरु चाहिँ निर्वाध गुडिरहेका छन् । साझा यातायातले सुरक्षासहित विहानैदेखि यात्रुहरुलाई सेवा दिइरहेको छ भने प्रहरी पनि उपत्यकामा बस सेवा दिएको छ ।
माइक्रो र ट्याक्सी पनि चल्न थालेका छन् ।

1banda 2banda 3banda 4banda

प्रतिक्रिया दिनुहोस्