विप्लब समुहद्धारा बीरगंज र धादिङमा बसमा आगजनी


वीरगंज, ३० वैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बीरगंजमा यात्रुवाहक बसमाथि आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका हुन । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको थियो।
यस्तै विहानमात्रै सो पार्टीका कार्यकर्ताले धादिङमा भारतीय नम्बर प्लेटको गाडी जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्