विप्लवको बन्दको प्रभाव उपत्यका बाहिर पनि, बन्द गराउँदै हिँड्ने ११ जना पक्राउ


२८ कात्तिक । विप्लव माओवादीको बन्दको प्रभाव उपत्यका बाहिर पनि देखिएको छ । बन्द गराउँदै हिँड्ने विप्लव नेकपा माओवादीका ११ जना पक्राउ परेका छन् ।
बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । दुई जनालाई राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा शनिबार साँझ पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै जनालाई वडा प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखिएको छ । पार्टीका विराटनगर इन्चार्ज गणेश निरौला लगायत १३ जनालाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । बन्दका कारण सदरमुकाम विराटनगरसहित मोरङको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्