विप्लव नेतृत्वको नेकपा माओवादीका सचिवालय सदस्य पक्राउ


४ असार । विप्लव नेतृत्वको नेकपा माओवादी चितवनका एक सचिवालय सदस्यलाई प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा पक्राउ गरेको छ ।

दिप्लंगा गाविस–९ खोटाङ घर भई हाल भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्