विप्लव माओवादीका जिल्ला सेक्रेटरी लोकपाल प्रहरी नियन्त्रणमा


१ असार । नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले पछिल्लो समय तोडफोडको घटनालाई प्राथमिकता दिन थालेपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको छ । पछिल्लो समय प्रहरीले दिनहुँ विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको छ । बुधबार सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केसीलगायतका कार्यकर्ताले एनसेल टावरमा आक्रमण गरेको आरोपमा केसीलाई इलाका प्रहरी लुहामले नियन्त्रणमा लिएको हो ।

गत जेठ ३० गते कुपिण्डे दह गाविसको जयतपानी र शारदा नगरपालिका–१४ डाँडागाउँमा रहेको एनसेल टावरमा आक्रमण गरेको विषयलाई लिएर उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्