विप्लव समूहलाई सरकारको चेतावनी: लुटपाटको धन्दा जारी राखे क्षति व्यहोर्नुपर्छ


काठमाडौं, १९ असार ।सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले विप्लव समुहलाई लुटपाटको बाटोलाई छोडेर वार्तामा आउन आग्रह गरेका छन् । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न विहिबार आयोजना भएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हिंसाको र लुटपाटको बाटोलाई छोडेर वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिएका छन् ।उनले विप्लव समूहले चलाएको लुटपाटको धन्दा विस्तारै संगठित आतंकवादतर्फ उन्मुख रहेकोले अव सरकारले यस्तो प्रवितिलाई छुट दिन नसक्ने बताए । विप्लव समूहलाई वार्तामा आएर आफ्ना माग राख्न आग्रह गर्दै बास्कोटाले भने, ‘किन वार्तामावाट
भाग्नुभयो आएर आफना माग राखे हुन्छनी । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ, क्षतितर्फ नजानुस् । समय छ वार्तामा आउनुस् । विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोख्दै उनले ‘उहाँहरुले निर्दोष मान्छे मार्दा क्रान्ति हुने अनि प्रहरीले पक्राउ गर्न खोज्दा प्रतिकारमा झुक्किएर कोही पर्न गए सरकारी दमन हुने ? उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्