विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुले कुन–कुन जिम्मेवारी पाए ?


३० भदौ । नेकपा (एमाले) स्थायी कमिटीको ४३ औं बैठकले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका व्यक्तिहरूलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार चक्रपाणि तिमिल्सिना, डा. डिल्लीराज खनाल, घनप्रसाद गौतम र मझिलाल थारु केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ ।

त्यसैगरी पार्टीले कृष्णबहादुर शाहीलाई जेष्ठ कम्युनिष्ट मञ्च सदस्य र बमबहादुर बीसीलाई ७ नं प्रदेश सङ्गठन कमिटी सदस्यको जिम्मेवारी दिएको छ । रूपबहादुर परियारले पनि ७ नं प्रदेश सङ्गठन कमिटी सदस्यको जिम्मेवारी पाएका छन् । लक्ष्मी फुयालले १ नं प्रदेश सङ्गठन कमिटी सदस्यको जिम्मेवारी पाएका छन् भने ट्रिपल पी. गुरुङले ४ नं प्रदेश सङ्गठन कमिटी, चन्द्रलाल केप्छाकी मगरले २ नं प्रदेश सङ्गठन कमिटी, विजय राईले १ नं प्रदेश सङ्गठन कमिटी र ठाकुर गजुरेलले ३ नं प्रदेश सङ्गठन कमिटी सदस्यको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी पार्टीको प्रादेशिक ढाँचासँग अनुकूल हुनेगरी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गर्ने निर्णय बैठकले गरेको छ । सो कमिटीका सह–इञ्चार्ज विजय गुरूङ र सचिव नरेन्द्र श्रेष्ठ रहेको ज्ञवालीले जानकारी दिए ।

बैठकले आगामी असोज ३ गते पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ । राजधानीमा उक्त दिन दिउँसो १ बजेबाट रत्नपार्क शान्ति वाटिकाबाट बाजा–गाजासहित बृहत ¥याली गर्ने र २ बजे वसन्तपुरमा आयोजित बृहतसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी पनि ज्ञवालीले दिए । अर्को बैठक असोज ४ गते पार्टी केन्द्रीय कार्यालयमा पनि ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्