विभिन्न शक्तिकेन्द्रको आडमा थमौती हुँदै आएका राजु थापा नेपाल टेलिभिजनबाट यसकारण फालिए


काठमाडौ, ३१ जेठ । सरकारी स्वामित्वमा संचालित नेपाल टेलीभिजनमा प्रसारण हुने कार्यक्रम सिधा प्रश्न लाई हतियार वनाएर योजनाबद्ध तरीकाले बर्तमान सरकार र मन्त्रीहरुको र्हुमत लिँदै आएका कार्यक्रम प्रस्तोता राजु थापा सुचना प्रविधि मन्त्री गोकुल वाँष्कोटामाथि खनिएका छन् । गत जेठ १२ गते राजु थापाले संचार मन्त्री गोकुल बास्कोटालाई ‘‘सरकारको नीति तथा कार्यक्रम बारेमा छलफलको लागि भनेर टेलिभिजनमा बोलाएर सो विषयमा छलफल नगरी सम्पत्ति विवरणको वारेमा व्यवसायिक पत्रकारको मर्यादालाई धज्जी उडाउँदै पुर्वग्राही ढंगले प्रश्नमाथि प्रश्न गरेका थिए ।

संचार मन्त्री बाँष्कोटासँगको गरिएको छलफल एनटीभीको नियम विपरीत आर्काइबबाट अनुमति बिना बाहिर लगेर मन्त्री बास्कोटालाई उडाउने काम गरेको आरोप छ । सामाजिक सञ्जालमा मन्त्रीसंग गरिएको कुराकानीको पूरा भाग नराखेर योजनाबद्धरुपमा मन्त्री बाँस्कोटासंग बदला लिने नियतले विषयलाई बंग्याएर राखिएको छ ।

प्रस्तोता राजु थापाले टेलिभिजनमा प्रसारित कार्यक्रम ब्यबस्थापनको अनुमति बिना कार्यक्रम बाहिर लैजाने र सामाजिक सञ्जालमार्फत आफू अनुकूलको क्लिप मात्र देखाउने जस्तो नियमविपरीत, अनैतिक काम गर्दै आएको आरोप सहकर्मीहरुले लगाएका छन् । विभिन्न वाहानामा प्रस्तोता राजु थापाले कम्युनिष्ट पार्टी र नेताहरुको धज्जी उडाउँदै आएका छन् । तर कांग्रेस वा अन्य दल सत्तामा हुँदा तिनै दलको चाकडी गर्दै आएका छन् । त्यसैलाई निरन्तरता दिँदै वर्तमान सरकार र मन्त्रीहरुको विरुद्धमा पनि निरन्तर खनिएने क्रममा यो पटक मन्त्री बाँष्कोटा परे ।

मन्त्री गोकुल बाँस्कोटाको अन्तरबार्तापछि ज्येष्ठ १९ गते शनिबार अच्युत बाग्लेलाई कार्यक्रममा बोलाएर सरकार र मन्त्रीहरुलाई विभिन्न आरोप लगाएका थिए । नियोजित रुपमा तयार पारिएको अच्युत वाग्लेको सो कार्यक्रममा पनि थापाले सरकारको नीति तथा कार्यक्रमको धज्जी विभिन्न प्रश्न सोधेर वाग्लेलाई पनि सरकारको धज्जी उडाउने मौका दिएका थिए ।

त्यसरी सरकारको धज्जी उडाएको कार्यक्रम नियोजित रुपमै ११ पटकसम्म पुन प्रसारण गरिएको उनकै सहकर्मीहरुले बताउँदै आएका छन् । अहिले यसको पनि यसको छानविन हुनु पर्ने माग उठिरहेको स्रोतले बतायो । प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको सो कार्यक्रम मन्त्रीको आदेशमा नभई समाचार च्यानलको निर्णयअनुसार व्यवस्थापनले नै बन्द गरेको नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले जानकारी दिए । उनले भने, नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ । महाप्रवन्धक रोकाका अनुसार टेलीभिजनमा कार्यक्रम राख्ने, नराख्ने वारेमा व्यवस्थापनले निर्णय गर्छ । सोही अनुसार असार मसान्तमा कन्ट्याक्ट सकिने कार्यक्रम वन्द गर्ने निर्णय गरिएको हो ।

कन्ट्याक्टमा एक बर्षका लागि भनेर कार्यक्रम संचालन गर्न दिइएपनि ब्यवस्थापनले चाहेमा कन्ट्याक्ट मै ‘जुनसुकै समयमा हटाउन सकिनेछ’ भन्ने प्राबधान राखिएको स्रोत बताउछ । सोही आधारमा राजु थापाको कन्ट्याक्ट रद्द गरेर हटाइएको सम्बद्ध स्रोतले बताएको छ । विभिन्न शक्तिकेन्द्रको आाडमा नेपाल टेलिभिजनको ‘‘सीधा प्रश्न’’ नाममा चरम दुरुपयोग गर्दै आएका थापाको कार्यक्रम तत्कालीन महाप्रबन्धक लक्ष्मण हुमागाइले आफ्नो कार्यकालमा कन्ट्याक्ट रद्द गरिदिएका थिए । त्यसपछि निमित्त महाप्रबन्धक बनेका दीपकमणि धितालले थापालाई पुन कार्यक्रम संचालन गर्न कन्ट्याक्ट थपिदिएका थिए । अहिलेपनि थापा थमौतीका लागि विभिन्न शक्तिकेन्द्र धाइरहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्