विमानस्थलमा मजदुरको हड्ताल, उडाननै अवरुद्ध गर्ने चेतावनी


१८ असोज ।  ‘हामी पनि दसैँमा रमाउने रहर, प्रशासन र ठेकेदार किन बेखबर ?, डिजी, जीएम, मन्त्री जहाजमा क्यानडा सरर्,  श्रमिकका आँखामा आँसु धररʼ मंगलबार बिहानै त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा एयरपोर्टका श्रमिकहरुले सरकार, ठेकेदार र एयरपोर्ट व्यवस्थापनसँग यस्तै गीतमार्फत खबरदारी गर्दै तलब र दसैँ खर्च वृद्धिको माग गरेका छन् ।

उनीहरुले बिहान ९ बजेदेखि १० बजे सम्म विमानस्थलभित्र धर्ना समेत दिएका छन् । उनीहरुले उडान नै अवरुद्ध गर्नेसम्मका चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दसैँमा तलब र पेश्की रकम उपलब्ध नभएको भन्दै श्रमिकहरु आन्दोलित बनेका हुन् । १९ गते हवाइ प्रधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका उनीहरुले ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।

उनीहरुले २० गते  विमानस्थलमा काम नगरी दुई घण्टा बन्द गर्ने बताएका छन् । २१ गते सरसफाइदेखि सबै काम बन्द गर्ने र मानवअधिकार कार्यालय, संसद भवनमा लबिङ गर्ने मजदुरहरुले बताएका छन् । शान्तिपूर्ण मागप्रति वेवास्था भएपछि हड्तालमा उत्रन बाध्य भएको मजदुरहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्