विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विमानस्थलमा उत्रदै, केही समय सवारी अवरुद्ध हुने


काठमाडौ, १२ भदौ । भीभीआईपी आजदेखि काठमाडौं आउन सुरु गरेका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबको केही समय गौशालादेखि, विमानस्थल, तीनकुने, नयाँ वानेश्वर हुँदै कलंकीसम्म गाडी दुईतर्फी अवरुद्ध हुने जानकारी दिएको छ।

विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विन मिन्ट २.४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन्। विमानस्थलबाट उनलाई सोझै सोल्टी होटल पुर्याइने भएकाले दुवैतर्फी बाटो बन्द गरिन लागेको हो। विमस्टेकका लागि सहभागी हुने हाइप्रोफाइलमा उनी पहिलो भिभिआइपी हुन्।

प्रतिक्रिया दिनुहोस्