विश्वकपमा आजको खेल इङल्याण्ड र पानामाबीच हुँदै


काठमाडौ, १० असार । रुसमा जारी विश्वकप छनौट चरणको दोस्रो खेल आइतबार सकिदैछ । आइतवारको पहिलो खेलमा पौने ६ बजे समूह ‘जि’ का इङ्ल्याण्ड र पानामाबीच हुँदैछ ।
इङ्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो भने पानामा बेल्जियमसँग पराजित भएको थियो । आजको खेल इग्ल्याण्डले जितेमा दोस्रो चरण पुग्नेछ । पानामाले हारेको खण्डमा उ छनौट चरणबाटै बाहिरिने छ ।
यस्तै आजको दोस्रो खेल पौन ९ बजे समूह ‘एच’का जापान र सेनेगलबीच हुँदैछ । दुबै टोलीले आफ्नो पहिलो खेले जित्दै ३–३ अंक जोड्न सफल भएका छन् । आफ्नो पहिलो खेलमा जापानले कोलम्बियालाई र सेनेगलले पोल्याण्डलाई हराएको थियो ।

आजको अन्तिम खेल पौन १२ बजे समूह ‘एच’ कै पोल्याण्ड र कोलम्बियाबीच हुँदैछ । दुबै टोलस्ले आफ्नो पहिलो खेल हारेका छन् । दुबै टोली जितका लागि मैदानमा उत्रिदैछन् ।

प्रतिक्रिया दिनुहोस्