विश्वकप फुटबल आजदेखि, पहिलो चरणमा रुस र साउदी अरेबीया प्रतिस्पर्धा गर्दै


काठमाडौ, ३१ जेठ । विश्वकप फुटबल आजदेखि रसियाको राजधानी मस्कोमा सुरु हुँदैछ । चार वर्षसम्मको प्रतिक्षामा रहेका खेलाडी र खेलप्रेमी दर्शकको चाहाना आजदेखि पुरा हुने भएको हो । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठुलो प्रतियोगिताको २१ औ आज रातिदेखि सुरु हुने भएको हो । ३२ राष्ट्र सहभागी विश्वकपको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा हुदैछ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन भने अन्य १० सहरमा १–१ रंगशाला छन । विश्वकप खेलिरहेका राष्ट्रको सुचिमा रुस र साउदी अरेबीया तल्लो बरीयतामा पर्दछन । विश्वकपको उपाधिका दाबेदारको रुपमा ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन रहेका छन । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको छ । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तराष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिने छन ।

प्रतिक्रिया दिनुहोस्