विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा भाग लिएर नेपाल स्वदेश फिर्ता


१५ कात्तिक । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । गत कात्तिक ८ गते विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा भाग लिन भियतनाम प्रस्थान गरेका नेपाल आज स्वदेश फर्किएका हुन् ।

बरिष्ठ नेता नेपाल विश्वका ६० भन्दा बढी मुुलुकका कम्युनिस्ट तथा श्रमिक पार्टीको सहभागिता रहने उक्त बैठकको कार्य समितिका सदस्यसमेत रहेकाले त्यहाँ गएका थिए । समितिमा १५ पार्टी सदस्य छन् । बैठकमा कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको अवस्थालगायतका बारेमा छलफल भएको थियो । सो कार्यक्रममा बरिष्ठ नेता नेपालले पनि सम्बोधन गरेका थिए । नेपालका साथमा एमाले विदेश विभागका सदस्य मिलन तुलाधर पनि साथै गएका थिए ।

प्रतिक्रिया दिनुहोस्