विषाक्त रक्सी सेवनले १२ जना भारतीयको ज्यान गयो


काठमाडौ, ७ जेठ । भारतको कानपुर नगर क्षेत्रमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कानपुर नगर र ग्रामीण क्षेत्रका मानिसहरू छन्।
शनिवार कानपुर नगरको सचेण्डी क्षेत्रमा ६ जनाको र आइतवार कानपुरकै ग्रामीण क्षेत्र रूरामा ६ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
विषाक्त रक्सी सेवनका कारण कैयौँ गम्भीर बिरामी परेका छन्।
विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले हालसम्म चारजनालाई पक्राउ गरिएको र त्यसमध्ये प्रमुख आरोपी विनय सिंह पनि रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्