वीरगञ्ज आएका ३ जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि


वीरगञ्ज, ३० चैत । तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा उपचार गराईराखेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको थियो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्