वीर अस्पताल भक्तपुर सार्ने, युरेनियम संरक्षणको जिम्मा सेनालाई


७ साउन । मन्त्रिपरिषद्को आज बसेको बैठकले वीर अस्पताललाई भक्तपुरमा सार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने गरी भक्तपुरमा रहेको छ सय रोपनी सरकारी जग्गा वीर अस्पतालका नाममा दिने निर्णय गरेको छ ।

मुस्ताङमा पत्ता लागेको युरेनियमको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय पनि बैठकले गरेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालै वैज्ञानिकहरुको टोली लगेर उक्त विस्तृत प्रतिवेदन तयार पारेका थिए ।

बैठकले नेपाली सेनाका तीन जना अधिकृतको म्याद थपेको छ ।

प्रतिक्रिया दिनुहोस्