वुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत


२८ साउन । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन् ।
सञ्चारकर्मीसमेत रहेका घिमिरेलाई  नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरिसकेका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ ।hhh

 

प्रतिक्रिया दिनुहोस्