वुधबारका सम्पादक पहाडीलाई प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार


काठमाडौं, ८ असोज । वुधबार साप्ताहिकका सम्पादक उज्वल पहाडी प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार–२०७५ बाट सम्मानित भएका छन् । प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवका अवसरमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार सम्पादक पहाडीलाई प्रदान गरिन् । करिब डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पहाडी यसअघि नयाँ पत्रिका दैनिक, एक्काईशौं सताब्दी म्यागेजिनसहित बिभिन्न अनलाईनमासमेत आबद्ध थिए ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सूचना प्रविधि तथा संचारमन्त्री गोकूल बाँस्कोटा, काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहित पुरस्कृत व्यक्तित्वहरु सहभागी थिए । सोही पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार सागर पण्डित पनि सम्मानित भएका छन् । पण्डित प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्