‘वेलकम ब्याक’ भन्दै ओलीसँगै हजारौँ युवा बालकोटमा (तस्वीरसहित)


१९ साउन । निवर्तमान केपी शर्मा ओलीले आफ्नो कार्यकालमा राष्ट्रिय स्वाधीनता र आर्थिक सम्वृद्धिको कार्यक्रम अघि बढाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उनले आफ्नो सरकार ढाल्नुको प्रमुख कारण नै आफूले उठाएको राष्ट्रिय स्वाधीनता र ल्याएको आर्थिक सम्वृद्धिको कार्यक्रम भएको दाबी पनि गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा ओलीमाथि गरेको प्रश्नको जवाफ पनि ओलीले बालकोटस्थित आफ्नै निवासबाट दिएका छन् ।

उनले रेल कसरी चलाउने, विकास आयोजना कसरी चलाउने स्रोत प्रचण्डले मागेको भन्दै सुझाव माग्न आए देखाउने दाबी पनि गरे ।

प्रचण्डप्रति निकै आक्रमक देखिएका ओलीले सरकारमा रहुञ्जेल माओवादीले कहिल्यै पनि आर्थिक सम्वृद्धि र विकासको योजना आफूसमक्ष नल्याएको पनि खुलासा गरे । लडाकूलाई पैसा माग्नेबाहेक सरकारमा रहुञ्जेल अरु केही कुरा माओवादीले नगरेको पनि ओलीले दाबी गरे ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय झण्डासहित संसद भवन बाहिरबाट बालकोटसम्म ‘वेलकम ब्याक’ भन्दै हजारौँ युवाले भब्य स्वागतसहित लगेका थिए । 1 2 3

प्रतिक्रिया दिनुहोस्