वेलायत वस्ने नेपालीद्वारा दोलखालाई अक्सिजन सहयोग


दोलखा, २४ असोज । कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विपद व्यवस्थापन समिति दोलखालाई वेलायत वस्ने नेपालीले अक्सिजन सहयोग गरेका छन् । दोलखा कालिञ्चोक गाउँपालिका घर भई वेलायत बस्दै आएका लक्ष्मण चिमोरियाको पहलमा दोलखा जिल्ला विपद व्यवस्थापन समितिका लागि सतप्रतिशत अमेरिकामा बनेको न्युमो लाइट अक्सिजन सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ दोलखाका सचिव विनीता शिवाकोटीको समन्वयमा जिल्ला ल्याइएको उक्त सामग्री आज विहान एक कार्यक्रममा बीच जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीलाई हस्तान्तरण गरिएको हो ।

विदेशी भूमीमा रहेर दुःख र मेहेनतका साथ जिल्लाका लागि अक्सिजन सहयोग गरी प्राण वायुको रक्षार्थ सहयोग गरेको अक्सिजन विपदको समयमा उपयोगी भएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले वताउनुभयो ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको लागि उपयोगी होस् भन्ने उद्देश्यले अक्सिजन सहयोग जुटाएको समन्वयकर्ता लक्ष्मण चिमोरियाको भनाई छ । सतप्रतिशत अमेरिकामा बनेको न्युमो लाइट अक्सिजन विजुलीको सहायताले १ मिनेटमा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको बताइएको छ । दोलखामा आइसियु र भेन्टिलेटरको अभावका कारण कोराना संक्रमित लाई राजधानी पठाउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्