वैज्ञानिकलाई प्रधानमन्त्रीको बधाई,नेपाल अन्तरिक्ष युगमा प्रवेश


 

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भुउपग्रह प्रक्षेपण भएसँगै नेपाल सेटलाईट प्रक्षेपण गर्ने देशहरुको सुचीमा जोडिएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपालका वैज्ञानिक र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई बधाई समेत दिएका छन् ।‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु’, उनले सामाजिक सञ्जाल ट्वीटरमा भने।नेपालको पहिलो नेपाली स्याट १ नामक भू(उपग्रहस्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। अमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट नेपालको पहिलो स्याटेलाइट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ।

उक्त स्याटलाइट जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन। स्याटेलाइट जापानको बर्ड ३ परियोजनाले निर्माण गरिएको उल्लेख छ। स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ। त्यही स्याटेलाइट नेपालको पहिलो स्याटलाइट हुनेछ। अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपण गर्दा अमेरिकामा नासाले प्रत्यक्ष प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्