वैदेशिक रोजगारीमा जाने कामदार ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ


काठमाडौं, ११ असार । वैदेशिक रोजगारीमा जाने कामदार ठगी गरेको आरोपमा म्यानपावरका दुई सञ्चालक पक्राउ परेका छन् । सरकारले तोकेभन्दा बढी रकम लिइ कामदर ठगी गरेको आरोपमा बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालि म्यानपावरका संचालक चुडाबहादुर कार्की र खगराज दाहाल पक्राउ परेका हुन् । ‘फ्रि भिसा फ्रि टिकट’ अन्तर्गत दस हजार मात्र लिनुपर्ने युवासँग साढे चार लाखसम्म उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। वैदेशिक रोजगारीमा जाने कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिइएको पीडितले दिएको उजुरीको आधारमा प्रहरीले बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालि म्यानपावरमा छापा मारेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुद्धारा खटिएको प्रहरी टोलीले छापा मार्ने क्रममा उक्त म्यानपावर कम्पनीबाट १० लाख २३ हजार रुपैयाँ नगद, २ सय ९८ वटा पासपोर्ट बरामद समेत गरेको छ ।
मलेसिया तथा युएईको अवुधावीमा सेक्युरिटी गार्डमा पठाउने भन्दै चर्को रकम उठाएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

उक्त मेनपावरका सञ्चालकले मलेसिया कामदार पठाउँदा १ लाख तथा युएईमा सेक्युरिटी गार्डमा पठाउँदा चार लाखसम्म रकम लिने गरेको उजुरी प्रहरीमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्