वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्काः माधव नेपाल


१४ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर छैनन्,’ उनले भने, ‘ त्यही कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण छैन ।’ उनले विभिन्न कारणले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशङ्का रहेको पनि बताए ।

मधेसी दलको विरोधका कारण पनि निर्वाचनमा असर पर्ने उनको भनाई थियो । ‘सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा म विश्वस्त हुन सकेको छैन,’ उनले भने । एमाले संविधान संशोधन प्रस्तावका पक्षमा नरहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्