व्यवस्थापिका–संसदको शून्य समयमा क-कस्ले के बोले ?


 १ भदौ । व्यवस्थापिका–संसदको आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र र जिल्लाका समसामयिक विषय र घटनाको बारेमा सदनलाई जानकारी गराएका छन् ।

बैठकमा शून्य समायमा पहिलो वक्ताको रुपमा भाग लिँदै सासद शान्तिदेवी चौधरीले उदयपुरमा काली र त्रिजुगालगायतका खोलाले धेरै खेतीयोग्य जमिन कटान गरेकाले त्यसको नियन्त्रणका लागि तटबन्धको व्यवस्था गर्न माग गरिन्।

अर्का सासद शिवचन्द्र चौधरीले दैनिकजसो सडक दुर्घटना हुँदा सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेकाले तत्काल यस्त घटना रोक्ने व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद सलदेव सुतियारले बाढीबाट सप्तरीका धेरै जनता पीडित भएको हँुदा उनीहरुलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराओस् भने।

सांसद सरस्वती बजिमयले गाउँपालिका र नगरपालिकाको घटाउनु भनेको सङ्घीयता र विकेन्द्रीकरणको अवधारणा विपरित कार्य भएकाले भूगोल र जनसङ्ख्याबीच तालमेल गरेर मात्र सङ्ख्या निर्धारण गरियोस् भने ।

अर्का सांसद सीता नेपाली सुर्खेत र दाङमा असिनाबाट खोतबारीमा लगाएको अन्नबालीमा क्षति पु¥याएको हुँदा मर्कामा परेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात दुर्घटना रोक्न एकाधिकार अत्य गर्न आवश्यक रहेको धारणा राखे ।
सांसद हरिलाल ज्ञावलीले काभ्रेलगायत मुलुकका विभिन्न भागमा सवारी दुर्घटनामा धेरै जनताको ज्यान गएका हुँदा दुर्घटना रोक्न कानुन कार्यान्वयनमा जोड दिन आवश्यक छ भने ।

सासद ज्ञानकुमारी छन्त्यालले बुर्तिवाङ, ढोरपाटन क्षेत्रका सडक जीर्ण रहेकाले तत्काल सुधारको आवश्यकता औए ।

प्रतिक्रिया दिनुहोस्