शक्ति सन्तुलन मिल्न नसक्दा एकीकरण हुन सकेन –राणा


२९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपा नेपालसंँगको शक्ति सन्तुलन मिल्न नसकेका कारण पार्टी एकीकरण हुन नसकेको बताएका छन्।

संवाद क्लब नेपालद्वारा शनिबार आयोजित अन्तक्र्रियामा नेता राणाले राष्ट्रिय अध्यक्ष र कार्यकारी अध्यक्षको काम, कर्तव्य र अधिकारलाई सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको जिकिर गरे । उनले भने–“राप्रपा नेपालसंँग एकता प्रक्रिया अन्त्य नभएर अवरुद्ध मात्र भएको हो, निकट भविष्यमा एकताको सम्भावना छ ।”

तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित मन्त्री दीपक बोहरालाई पार्टीले निर्देशन दिएको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्