शङ्कास्पद वस्तु राखिएकोमा कांग्रेसको भत्र्सना


४ असोज । नेपाली कांग्रेसले राजधानीका विभिन्न स्थानका विद्यालय परिसरमा शङ्कास्पद वस्तु भेटिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तिमा शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यस्ता घटनाले प्रहार भएको जनाइएको छ ।

आज बिहान आकासदीप र मनकामना उच्च मावि परिसरमा प्रेसरकुकर बम र राई विद्यालय, इस्टपोल र रेडियन्ट विद्यालयमा शङ्कास्पद वस्तु भेटिएका थिए ।

शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा भएको सो घटनाको नेकाले घोर निन्दा र भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

साथै, नेकाले बालबालिका, शिक्षक, अभिभावकलगायत समाजका भय, त्रास र डरको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न पनि सरकारसित माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्