शशांक भेट्न प्रधानमन्त्री ओली ओम अस्पताल, देउवा र पौडेलसँग कुराकानी


२२ असार । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस महामन्त्री शशांक कोइराला भेट्न ओम अस्पताल पुगेका छन् । ‘निमोनिया’ ले च्यापेपछि अस्पताल भर्ना भएका कोइराला भेट्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् ।

अस्पताल पुगेपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग पनि कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

‘प्रधानमन्त्रीज्युले कोइरालाको उपचारमा कुनै कसर बाँकी नराख्न कांग्रेस नेता र उपचारमा संलग्न चिकित्सकलाई आग्रह गर्नुभएको गर्नुभयो,’ बालुवाटार स्रोतले भन्यो ।  तस्वीरः युपी लामिछाने

प्रतिक्रिया दिनुहोस्