शशाङ्कले मुख खोले– ‘०७४ मागसम्ममा संविधान कार्यान्वयन हुने संभावना कम भयो’


१३ असोज । सत्तासाझेदार दल नेपाली कांग्रेसले नै ०७४ मागसम्ममा संविधान कार्यान्वयन हुने संभावना कम रहेको भन्दै चिन्ता व्यक्त गर्न थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली  नेतृत्वको सरकारले स्थानीय प्रदेशसहित तीन वटै तहका निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसकै अगुवाईमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि नौ महिनाका लागि भनेर कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लिखित प्रधानमन्त्री निर्वाचित निर्वाचित गरेको थियो । तर, अहिले त्यही दलका महामन्त्री डा शशाङ्क कोइरालाले भने ०७४ माघ भित्रमा संविधान जारी गर्ने कुरा निकै जटिल भएको बताएका छन् ।

उनले मुलुक अहिले इतिहासकै जटिल मोडमा उभिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा दसैँ, दीपावलीलगायत पर्वका अवसरमा  आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा चुनौती थपिदै गएको बताए ।

‘करिब सवा एक वर्षभित्र तिनै तहको निर्वाचन हुन नसकेमा देशमा राजनीतिक तथा कानुनी समस्या आउने छ,’ उनले भने ‘विसं २००८ मा बिपीले नेपालीको संविधान जनताले नै बनाउन माग गर्नुभएको थियो । त्यो अहिले प्राप्त भएको छ । मुलुकमा प्राप्त उपलब्धिलाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्छ, नभए उपलब्धी गुम्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्