शहीद ‘प्रताप’ को १६ औं स्मृति दिवसमा वृक्षारोपन


काठमाडौँ, २ असार । शहीद रितवहादुर खड्का ‘प्रताप’ को १६ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेकपाका अध्यक्ष प्रचण्डले पेरिसडाँडास्थित केन्द्रीय कार्यालय परिसरमा शहीद रितबहादुर खड्काको स्मृतिमा वृक्षारोपन गरेका थिए। श्रद्धाञ्जली सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी समिति सदस्य जनार्दन शर्मा, नेकपाका केन्द्रीय सदस्यहरु गंगा कार्की, आनन्द पोखरेल, देवी खड्का, मुक्ती प्रधान तथा केन्द्रीय सदस्य एवम प्रतिनिसभाका सांसद पार्वत गुरुङ लगाएतका नेताहरुले स्वर्गीय खड्काको तस्वीरमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्ति गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा प्रतिनिधिसभाका सांसद दिव्यमणीराज भण्डारी, प्रदेशसभा सांसद एवम् शहीद खड्काका भाई विशाल खड्का, अर्का सांसद आङदेण्डी लामा, पूर्व सभासदहरु हेमबहादुर श्रेष्ठ र भगवती प्रधान, नेकपाका नेताहरु शकंर लामा, शिव प्रसाद भण्डारी, हालैमात्र जेलमुक्त भएका नेता बालकृष्ण ढुंगेल, कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्का लगाएतका नेता तथा कार्यकर्ता एवम् परिवारजनको सहभागिता थियो ।२०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका खड्काको २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या भएको थियो । तत्कालिन बिद्रोही नेकपा माओवादीका केन्द्रिय सदस्य रहेका खड्काको पार्टि केन्द्रिय समितिको बैठक सकेर फर्किने क्रममा रौतहटको पिपरामा सँयुक्त सुरक्षा फोर्सले गोली प्रहार गरी हत्या गरेको थियो ।

तत्कालिन बिद्रोही नेकपा माओवादी केन्द्रिय समितिमा प्रभावशाली युवा नेता मानिने खड्काले श्रीलँका पुगि ‘गुरिल्ला युद्ध’ सम्वन्धि बिशेष तालिम लिएका थिए । उनीसँगै हालका उप राष्ट्रपति एवँ माओवादी जनसेनाका तत्कालिन कमाण्डर नन्दवहादुर पुन ‘पासाङ’ ले समेत ‘गुरिल्ला युद्ध’ को तालिम लिएको बताईन्छ । खड्काकै नेतृत्वमा जनयुद्ध सुरु हुनु भन्दा केहि दिन अघि दोलखा सदरमुकाम चरिकोट स्थित डिभिजन सडक कार्यालयवाट ठूलो परिमाणमा डिटोनेटर कव्जा भएको थियो । सोही डिटोनेटरको सहयोगमा बिद्रोही माओवादीले बिभिन्न सैन्य मोर्चाहरु लडेको थियो ।

पार्टीमा प्रताप उपनामले चिनिने खड्का साहित्य समेत लेख्ने गर्थे । चम्किलो ताराको नामबाट उनका थुप्रै साहित्यिक लेख रचनाहरु प्रकाशित छन् । रितवहादुरको हत्या पछि उनकी बहिनी देवि खड्का र भाई बिशाल खड्का पनि भूमिगत भई राजनीतिमा लागेका थिए

प्रतिक्रिया दिनुहोस्