शाक्य भन्छन्– ‘बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ’


२ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् ।

भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए ।

अध्यक्ष शाक्यले के कारणले बैंकको सुनचाँदी बिक्री भएन त्यसको कारण खोज्ने जिम्मा बैंक तथा सरकारको भएको पनि दाबी गरे । सुनचाँदी सम्बन्धी छुट्टै ऐन नहुँदा प्रहरी प्रशासनको तजबिजमा व्यवसायीहरुले कारबाही भोग्नुपर्ने बाध्यताको उनले आलोचना गरे ।

प्रतिक्रिया दिनुहोस्