शान्ता चौधरी भन्छिन्– ‘मासु–मदिरालाई दर मान्दा तीजको मौलिकता र पवित्रता बाँकी रहला ?’


१९ भदौ । शान्ता चौधरी पूव सभासद् हुन् । सामाजिक विकृति–विसंगतिप्रति तिखो प्रहार गर्ने चौधरीले महिलाहरुको महान वर्ष तीजका विकृतिबारे पनि केही बोलेकी छिन् । पवित्रता र लोकलयको संरक्षण गर्ने पवलार्ई पछिल्ला दिनहरुमा विकृत पारिदै लगिएको उनको ठहर छ।

तीजका लोकलयहरुलाई छोडेर छाडा शब्दहरुमा पश्चिमा शैलीमा गीत गाउने, महिनौसम्म दर खाने नाममा तडकभडक र भडकिला पहिरनहरु उफ्रिने चलनको पनि उनले विरोध गरेकी छिन् । तीज वर्षबारे चौधरीका केही सुझावः
पवित्रता, लोकलयको संरक्षण, मिष्ठान्न भोजन र चेली–माइतिको अतुलनीय स्नेहको बन्धन दरिलो पार्ने पर्व तीज। नेपाली समाजको एउटा अतुलनीय परम्पराको पर्व।

पछिल्ला दिनहरुमा यो पर्वलाई विकृत पारिदै लगिएको छ। तीजका लोकलयहरुलाई छोडेर छाडा शब्दहरुमा पश्चिमा शैलीमा गीत गाउने, महिनौ सम्म दर खाने नाममा तडकभडक, भडकिला पहिरनहरुमा गरिएको खर्च र मासु–मदिरालाई दरको नाम दिंदै जाने हो भने यसको मौलिकता र पवित्रता कहाँ बाँकी रहला ? गरिखाने वर्गमा खर्च गर्न नसक्दा हुनजाने हीनताबोधप्रति हामी सजग हुनु पर्ने कि नपर्ने ? यस्ता कुराहरुमा हामी सजग भएनौ भने हामीले यो पर्वमाथि नै हमला गरेको ठहरिनेछ।

सबै नेपाली नारीहरु रम्न सक्ने गरी तीज मनाऔँ। सबैले मनाउन सक्ने खालको तीज संस्कृतिको विकास होस। समस्त नेपाली नारीहरुमा तीजको शुभकामना।

प्रतिक्रिया दिनुहोस्