शान्ति सम्मेलनमा भाग लिएर स्वदेश फर्किए एमाले वरिष्ठ नेता नेपाल


२४ मंसिर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अमेरिकाको वासिङ्टन डिसीमा आयोजित युनिभर्सल पिस कन्फ्रेन्समा भाग लिएर शुक्रबार नेपाल फर्किएका छन् । नेता नेपाल गत मंसिर १३ देखि १६ गतेसम्म आयोजित सो सम्मेलनमा भाग लिन अमेरिका गएका थिए ।

युनिभर्सल पिस कमिटी र वासिङ्टन पोष्टद्वारा आयोजित उक्त सम्मेलनमा विश्वका ५६ देशका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, मन्त्री, सांसदहरुका साथै नागरिक समाजका अगुवाहरुले भाग लिएका थिए । उक्त सम्मेलनमा ४ वटा विषयमा छलफल भएको थियो । नेता नेपालले भने सो सम्मेलनमा विश्व आतंकवादको विषयमा आफ्नो विचार राखेका थिए ।

सोही सम्मेलनमा ‘इन्टरनेशनल एसोसियसन अफ पार्लियामेन्टियरल फर पिस’ नामक संस्था बनाउने निर्णयसमेत भएको जनाइएको छ । नेता नेपाललाई स्वागत गर्न एमालेका नेता, कार्यकर्ताहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्