शारदा भुसाल पागल हुन, उनको घृणित साहित्य जफत होस्ः मोदनाथ प्रश्रित


चैत २ । अर्घाखाँचीकी शारदा भुसालले पूर्व मन्त्री एवं पूर्व एमाले नेता मोदनाथ प्रश्रितलाई घृणित आरोप लगाएपछि प्रश्रितले त्यसको खण्डन गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रश्रितले आरोपको खण्डन गरेका हुन् । ती महिलाले प्रश्रितलाई करिब २४ वर्ष अघि आफूलाई बलात्कार गरेको भन्दै एक पुस्तक प्रकाशन गरी आरोप लगाएपछि उनले त्यसको खण्डन गरेका हुन् । प्रश्रितले आफुलाई आरोप लगाउने ती महिलालाई ‘पागल’को संज्ञा दिएका छन् । प्रश्रितले त्यो पुस्तक नियन्त्रणमा लिन पनि प्रशासनसँग आग्रह गरेका छन् । प्रश्रितले शारदाको त्यो पुस्तकलाई ‘अश्लील साहित्य’ को संज्ञा दिए ।

आफ्नो लिखित मन्तव्य वाचन गर्दै प्रश्रितले भने, ‘केही दिनयता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लील साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । यदि मैले पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै, कुनै आवाज उठाइएन रु’ प्रश्रितले शारदा भुसालसँग आफ्नो पुरानो चिनजान रहेको भन्दै शारदा सानैमा मानसिक रोगी भएको पनि दाबी गरेका छन् ।

‘उनले लिखित मनतव्यमै भने– ‘सानैमा पागलपनको सिकार भएपछि उनका बुबाको आग्रहमा ०४८ सालमा मैले काठमाडौंमा ल्याएको थिएँ, मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्रसागर नेपालको घरमा डेरा खोजेर राखिदिएको थिएँ । तत्कालै एकजना मानसिक चिकित्सककहाँ लगेर औषधि पनि गरायौँ । तर, उनी १०–१२ दिनमै डेरा छाडेर भागिछन् । हामीले त्यसपछि उनका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं,’ उनले भने, ‘उनले त्यो घटना ०४८ सालमा भएको भनेकी छिन् तर ०५४ सालमा भएको एक कार्यक्रममा निजले मलाई प्रमुख अतिथिका रुपमा निम्ता गरेकी थिइन् । मलाई निजबाट ‘मेरा अभिभावक तथा सम्मानित काका’ भनेर सम्वोधन भएको थियो । यदि मैले त्यस अश्लील साहित्यको पुस्तकमा भनेजस्तै कुनै अपराध गरेका थिएँ भने यतिका वर्षसम्म किन कतै कुनै आवाज उठाइएन किन मलाई कार्यक्रममा प्रमुख अतिथिसमेत बनाइयो रु’
साहित्यकार प्रश्रितले शारदा भुसालको चरित्र सानैदेखि आवारापाराको भएको पनि दाबी गरेका छन् । ‘चरित्र राम्रो थिएन र उमेरमा बिहे पनि भएन । पछि श्रीमती गुमाएका एकजना झा थरका व्यक्तिले बिहे गरे भन्ने सुनेको थिएँ,’ उनले भने ।
प्रश्रितले भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गरेका छन् ।
प्रश्रितपत्नी साहित्यकार कविता पौडेलले पनि ‘धरातल’ नामको पुस्तकलाई घृणित पुस्तकको संज्ञा दिएकी छिन् । ‘पुस्तकमा मेरा श्रीमानमाथि अत्यन्त घिनलाग्दो आरोपहरु लगाइएको रहेछ । पुस्तककी लेखिका शारदा भुसाललाई मानसिक रोगको उपचारका लागि २०४८ सालमा काठमाडौँ ल्याइएको थियो । उनी बीचैमा डेराबाट भागेकी थिइन्,’ कविताले भनेकी छिन्, ‘एक महिला हुनुको नाताले उनको झुठो र कपोलकल्पित र समाजविरोधी लेखाईप्रति घोर घृणा र भ्रत्सना व्यक्त गर्न चाहन्छु ।’

विज्ञप्तिको पूर्ण अंश
आदरणीय सबै नेपाली दिदीबैनी तथा दाजुभाइहरू,
सञ्चारकर्मी मित्रहरु
मैले मेरो जीवनको यस उत्तरार्धको समयमाआफ्नो बारेमा धेरै स्पष्टीकरण दिन आवश्यक देख्दिन । मैले आजसम्म आफ्नो सम्पूर्ण क्षमता देश र जनताको वैचारिक, राजनीतिक, सांस्कृतिक चेतना अगाडि बढाउनका लागि लगाएँ भन्ने ठानेको छु । मेरो साहित्यिक÷वैचारिक अभियानको अधिकांश भागसमाजमा दलित भनेर हेपिएको श्रमिक वर्गको खास समुदाय र आधा धरती सम्हाल्ने महिलाहरुको मुक्तिका लागि समर्पित रही आएको विषयमा देश–विदेशका सबै नेपालीहरु जानकार नै हुनुहुन्छ भन्ने ठान्दछु । नेपाली राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा पनि मेरो उत्तिकै योगदान छ भन्ने ठान्दछु ।
मैले नेपाली समाजको आमूल परिवर्तनका लागि आफूलाई समर्पित गर्दा अनेकन हण्डर–ठक्कर, जेल–नेल, अकल्पनीय शारिरिक र मानसिक यातना भोगेको छु । यसक्रममा समाजको अग्रगतिका विरोधी तथा छद्म आवरणमा लुकेका कतिपयहरुबाट अनेकन लाञ्छना पनि बेहोर्नु प¥यो तर पनि मैले आफ्नो आस्था र जिम्मेवारीलाई अलिकति पनि तलमाथि हुन दिएको छैन भन्ने ठानेको छु । खुला पुस्तकजस्तै मेरो जीवनका बारेमा मूल्याँकन गर्ने अधिकार नेपाली समाजलाई छ ।
मैले नेपाली समाज परिवर्तनको अभियानमा आफूलाई समर्पित गरेको पार्टीमा अब उप्रान्त युवा नेतृत्व विकसित होओस् भनी वि।सं। २०६५ सालमा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट सांगठनिक राजनीतिक क्रियाकलाप छोडेको थिएँ । मबाट हुनसक्ने वैचारिक¬–सांस्कृतिक सहयोग भने मेरो चेतनाले साथ दिँदासम्म निरन्तर रहनेछ ।
मेरो योगदान अब निजात्मक रहेन भन्ने नै लाग्छ । मेरो योगदानमा हिलो छ्याप्नु या कालो पोत्नु भनेको नेपाली समाजको प्रगतिशील आन्दोलनको इतिहास र राष्ट्रिय एकताको आन्दोलनमा ग्रहण लगाउने दुश्प्रयास हो भन्ने ठानेको छु ।
हिजोका दिनमा मेरो जीवन नै समाप्त पार्न चाहने तत्वहरु नयाँ परिवेशमा नयाँ अवतार लिएर नयाँ नयाँ शिखण्डीहरु तयार गर्दै अझै पनि ममाथि प्रहार गरिनै रहेका छन् । यदि मैले यस नेपाली समाजलाई केही दिन सकेको छु भने ममाथि हुने प्रहारको प्रतिवाद पनि समाजकै विभिन्न क्षेत्र, तह र भूगोलबाट होओस् भन्ने चाहन्छु ।
म यस प्रसंगलाई स्पष्ट पार्न चाहन्छु । केही दिन यता अत्यन्त काल्पनिक, मनगढन्त, दुराशयपूर्ण र समाजका लागि हानिकारक कुराहरु लेखी एउटा अश्लिल साहित्यको पुस्तक बजारमा ल्याइएको रहेछ । ममाथि मनगढन्तढंगले आरोप लगाइएको समय २०४८ सालको रहेछ । मलाई संझना भएसम्म २०५४ सालमा निज शारदा भुसालले कुनै सभाको आयोजना गरेकी थिइन् र त्यसमा मलाई निज आफैंले प्रमुख अतिथिको रुपमा भाषण गर्न लगाएकी थिइन् । मलाई निजबाट “मेरा अभिभावक तथा सम्मानित काका” भनेर सम्बोधन गरिएको थियो ।
यदि मैले त्यस अश्लिल साहित्यको पुस्तकमा भनेजस्तै कुनै अपराध गरेको थिएँ भने यतिका वर्षसम्म किन कतै कुनै आवाज उठाइएन रु किन मलाई आमसभामा प्रमुख अतिथिसमेत बनाइयो रु यसको एउटै उत्तर हो– म माथि कुनै ठूलो षडयन्त्रको तानाबाना बुनिएको छ र नक्कली विवरणसहितको पुस्तक तयार गरिएको छ ।
शारदा भुसाललाई म र मेरी श्रीमतीले मानसिक असन्तुलनको औषधि उपचार गरिदिनका लागि निजकै मातापिताको अनुरोधमा २०४८ सालमा काठमाडौं ल्याएका थियौं र मेरो स्वयंभूमा रहेको डेराकै नजिक मित्र श्री सागर नेपालको घरमा डेरा खोजेर राखिदिएका थियौं । तत्कालै एकजना मानसिक चिकित्सककोमा उपचारका लागि लगेर औषधि दिलाएका थियौं । मानसिक असन्तुलन भएकी उनी दस¬–बाह« दिनमै डेरा छाडेर हिँडिछन् । हामीले त्यसपछि निजका बाबुआमालाई तत्कालै खबर गरिदिएका थियौं । त्यसपछि एकैपटक उनले आयोजना गरेको सभामा मलाई बोलाइएको थियो ।
नेपाली दिदीबैनी तथा दाजुभाइहरु,
म यस्ता समाजविरोधी तथा तथ्यहिन सामाग्री प्रकाशित गर्ने प्रकाशक र लेखक दुबैको मति सुुध्रियोस् भन्ने कामना गर्न चाहन्छु । यस्ता जनविरोधीहरुका बारेमा यति भन्नु नै उपयुक्त हुनेछ भन्ने लाग्छ । कसैको व्यक्तित्व नै समाप्त गरिदिने उद्देश्यले प्रकाशित गरिएको सामाग्री तत्काल प्रशासनले नियन्त्रणमा लेओस् भन्ने पनि मेरो अनुरोध छ । भविष्यमा यसखाले कुकर्म गर्नका लागि कुनै पनि प्रकाशक वा लेखक उद्यत नहोस् भन्नका लागि सबै साहित्यकार तथा पत्रकार मित्रहरुलाई आवश्यक वातावरण मिलाउन पनि अनुरोध गर्न चाहन्छु । म प्रति सदासयता देखाउनु भएकोमा समग्र सञ्चार क्षेत्र तथा समाजको सबै क्षेत्रका महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

मोदनाथ प्रश्रित

प्रतिक्रिया दिनुहोस्